शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गाउँगाउँमा प्राविधिक शिक्षालय : शिक्षामन्त्री पौडेल

गाउँगाउँमा प्राविधिक शिक्षालय : शिक्षामन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७८, बुधबार

पोखरा/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्¥याउने घोषणा गरेका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पु¥याइने बताएका हुन् ।

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा जोड्नुपर्छ’,मन्त्री पौडेलले भने,‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।’
मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमूनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि पहल गर्ने आश्वासन दिए ।

‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’,मन्त्री पौडेलले भने,‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरि कार्यान्वयन गरिने पनि बताए ।
उनलेछिट्टै४ देखि १२ वर्षका विद्यार्थीका लागि खोप व्यवस्थापन गरिने उद्घोष पनि गरे ।

२०७६ साल असोज ७ गते आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए ।माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बताए । हाल भाडाको घरमा शिक्षालय संचालित छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->