बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पत्रकार महासंघको श्रद्धाञ्जली सभा

पत्रकार महासंघको श्रद्धाञ्जली सभा


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७८, बिहिबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक संयोजक बिदुर खड्काको निधन भएको नवौं दिनको पुष्य तिथि पारेर महासंघ बागलुङ शाखाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

बिहिवार आयोजित कार्यक्रममा खड्काको निधनले धौलागिरि क्षेत्रकै पत्रकारितामा अपुरणीय क्षति पुगेको सहभागिले बताए । २०२२ सालदेखिनै गोरखापत्रको संवाददाता भएर स्वर्गिय खड्काले काम गरेका थिए । उनले २०२८ सालमा धौलाश्री साप्ताहिक बाट आफ्नै पत्रिका समेत चलाएका थिए । जीवनको अन्तिम घडी सम्म पनि उनले धौलाश्री दैनिक हुँदै इ बागलुङ अनलाइन मार्फत पत्रकारिता गरिरहेका थिए ।

मृगौला सम्बन्धी रोगले पीडित खड्काको माघ १९ गते निधन भएको थियो । स्वर्गिय खड्काले विशेषगरी सुशासन लगायतका क्षेत्रमा कलम चलाउने गर्थे । राजनीतिमा लागेर राप्रपाका केन्द्रीय सदस्य भैसकेका खड्का बागलुङ नगरपालिकाको नगरप्रमुख पनि भए । सामाजिक क्षेत्रमा पनि उनको योगदान छ । आमा र पत्निको नाउबाट सुगंगा स्मृति पुरस्कार कोष पनि उनले स्थापना गरेका छन् । उक्त कोषबाट धौलागिरि क्षेत्रका सामाजिक तथा साहित्यका अग्रणीलाई सम्मान समेत गरिएको छ ।

श्रद्धाञ्जली सभामा महासंघका उपाध्यक्ष नविन शिसिर बिकले खड्काका ३ छोरा मात्र नभइ पत्रकारिताबाट धेरै छोराछोरी जन्मेको बताए । खड्काले देखाएको बाटोमा धेरै पत्रकारहरु आएको पनि उनले बताए । कार्यक्रम महासंघका सचिव बिजय रानाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->