वडिगाड/ बागलुङको वडिगाडमा आगलागी हुँदा घर गोठ जलेका छन् । शुक्रबारी राती १० बजेतिर भएको आगलागीबाट बडिगाड गाँउपालिका १ तुम्डाँडामा एक घर र गोठमा क्षती पुगेको हो । रातको समयमा लागेको आगलागीबाट हिरा बहादुर दर्जिको घर पुर्ण रुपमा र गोठमा सामान्य क्षती पुगको वडा अध्यक्ष बोम बहादुर थापाले जानकारी दिए ।
रातको समयमा लागोको आगो करिब ११ बजे नियन्त्रणमा लिईएको थियो । आगो के कारणले लागेको भन्नेबारे केहि पात्ता लागेको छैन् । घटनाबारे खर्वाङ प्रहरीले अनुसन्धान गरिरहेको छ ।





