पोखरा/ पोखराका राजेन्द्रकुमार बाटाजु, ध्रुब श्रेष्ठ र विमल बसेल लायन्स क्लबको गभर्नर बनेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको शनिबार पोखरामा सम्पन्न १० औं अधिवेशनबाट उनीहरु गभर्नर बनेका हुन् ।
नेपालमा ४ वटा डिष्ट्रिक्टमात्रै रहेकोमा यो अधिवेशनबाट संख्या बढाएर १५ वटा बनाइएको थियो । लायन्समा एउटा डिष्ट्रिक्ट बन्न ३५ वटा क्लब र १२५० सदस्य हुनुपर्ने प्रावधान रहेको छ । डिष्ट्रिक्ट ३२५ बि नेपालअन्तर्गत १६ हजारभन्दा बढी सदस्य र ६५० वटा क्लब भएसँगै यसलाई विभाजन गरेर ५ वटा डिष्ट्रिक्ट बनाइएको हो । हालको डिष्ट्रिक्ट ३२५ बि लाई विभाजन ५ वटा क्लबमा विभाजन गर्दा पोखराका ३ जनाले डिष्ट्रिक्ट गभर्नर हुने मौका पाएका हुन् । यद्यपि, अहिले गभर्नर बनेकाहरु सबै सिंगो क्लब भएको भए पनि गभर्नरको दौडमै रहने सम्भावना बढी थियो ।
राजेन्द्रकुमार बाटाजु डिष्ट्रिक्ट ३२५ के,राम बसेल ३२५ आइ र ध्रुव श्रेष्ठ ३२५ जेको गभर्नर बनेका हुन् । ३२५ एल र एममा क्रमशः काठमाडौंका मणिश्री हर्ष बज्राचार्य तथा महेन्द्र पौडेल गभर्नर चयन भएक छन् । भर्चुअल माध्यमबाट गरिएको मतदानमा उनीहरु सबैजसोले सय प्रतिशत नै ‘एस भोट’ पाएको लायन्स ३२५ बि १ डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी दुर्गा हुमागाईंले जानकारी दिए । ३२५ आइमा राम बसेल गभर्नर हुँदा प्रथम भाइस गभर्नर म्याग्दीका चन्द्र केसी र द्धितीय गभर्नरमा विनोद ढुंगाना चुनिएका छन् । ध्रुव श्रेष्ठ गभर्नर रहेको ३२५ जेको प्रथम भाइस गभर्नरमा काठमाडौं हरि मरहठ्ठा र द्धितीयमा मिलन थापा चयन भएकी छन् ।
केमा राजेन्द्र बाटाजु गभर्नर हुँदा पोखराका सुचित्रा थापा र द्धितीय काठमाडौंकी निरा बज्राचार्य पहिलो र दोस्रो भाइस गभर्नर बने । मणिश्रीरत्न बज्राचार्य गभर्नर रहेको एलमा पोखराका परमेश्वर बराल र काठमाडौंका सुमन भट्टले आउँदो कार्यकाल गभर्नर हुने लाइन समाते भने महेन्द्र पौडेल गभर्नर रहेको एमको फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा काठमाडौंकै भिमलाल पौडेल र सेकेण्डमा पोखराका चण्डीप्रसाद अर्याल चुनिए । लायन्सको नयाँ नेतृत्वको कार्यकाल चालु अंग्रेजी वर्षको जुलाइ १ तारिखदेखि सुरु हुन्छ । त्यतिञ्जेलसम्म भने हालका गभर्नर विश्वेश्वर आचार्यको टिमले नै लायन्सका गतिविधिहरु संचालन गर्नेछ । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अगुवाइमा लायन्स गण्डकी,पोखरा सेतीगण्डकी,पोखरा हेमजा,पोखरा युनाइटेड चौतारी र पोखरा लेखनाथले यो अधिवेशन आयोजन गरेका हुन् ।
सरकारले कोभिड नियन्त्रणको लागि स्वास्थ्य मापदण्ड लागू नगरेको भए लायन्सको अधिवेशनमा ६ हजारभन्दा बढी लायनहरु पोखरामा जम्मा हुन्थे । तर,स्वास्थ्य मापदण्डकै कारण अधिवेशन भर्चुअल बन्यो ।





