बागलुङ/ रोटरी क्लब अफ बागलुङले जिल्लाका बिभिन्न ठाउँमा रहेका शारिरिक अपांगता भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ ।
क्लबले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र निसीखोला गाउँपालिकाका शारिरिक अपांगता भएका चारजना व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको हो । बिहिबार बागलुङ बजारमा आयोजीत एक समारोहमा क्लवका अध्यक्ष सञ्जय श्रेष्ठसहितको समुहले अपांगता भएका व्यक्तिका अभिभावकलाई ह्वीलचियर हस्तान्त्रण गरेका थिए ।
बागलुङ नगरपालिका–१३ पैञ्युपाटाका टेकबहादुर क्षेत्री, जैमिनी नगरपालिका–८ छिस्तीका शिव शर्मा पौडेल, निसीखोला गाउँपालिका–१ की पंचहिल परियार र रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीलाई उपलव्ध गराउने गरिविद्यालयका लागि १ थान ह्वीलचियर वितरण गरिएको हो । ‘सामाजिक संस्था भएकाले सामाजिक उत्तरदायीत्व बोध गरेर आन्तरीक स्रोतबाट हामिले ह्वीलचियर वितरण गरेका हौं’, अध्यक्ष श्रेष्ठले भने ‘अहिलेका लागि निकै समस्या भएकालाई मात्रै उपलव्ध गराएका छौं, यो अभियान हो जारी रहन्छ ।’ कार्यक्रममा उपस्थित सबैलाई आन्तरीक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शालिकराम शर्माले कर सम्बन्धी जानकारी गराएका थिए । नेत्रलाल न्यौपानेको स्वागत र नारायण प्रशासन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालकृष्ण शर्माले बोलेका थिए ।





