बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिगाना माध्यामिक विद्यालयको ६८ औें वार्षिकोत्सव

सिगाना माध्यामिक विद्यालयको ६८ औें वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

बागलुङ/ सिगाना माध्यामिक विद्यालय तित्याङ बागलुङको ६८ औं वाषिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र खड्काले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि विद्यार्थी, शिक्षक र अविभावकको समन्वयकारी भूमिका हुनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका–९ तित्याङ्का वडा अध्यक्ष गणेश बहादुर थापा, बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जित बहादुर जिसी राजन, नेपाली कांग्रेस बागलुङ नगरपालिका–८ का सभापती छम बहादुर कार्की, सिगाना माध्यामिक विद्यालय लामिचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापा, नेकपा एमाले सिगानाका प्रतिनिधि अमृता जिसी, विद्यालयका पूर्व अध्यक्ष टोप बहादुर खड्का, पूर्व प्रधानध्यापक अनन्त बहादुर खड्का, हिरा बहादुर खत्री, रामरेखा आधारभूत विद्यालयका प्रधानध्यापक कविराज जिसी, स्थानीय गंगा बहादुर खत्री, विद्यार्थी कृष्टल खड्का लगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रममा विद्यालयका प्रचार्य गोपाल कुमार शर्माले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा विद्यालयमा स्थापना गरिएको ३६ वटा अक्षयकोषबाट विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्का सुसेलीको अध्यक्षता, शिक्षक अविभावक संघका अध्यक्ष दिनानाथ गौतमको स्वागत तथा शिक्षक हस्त केसी पवनको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->