शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सरकार र सदनमा गठबन्धनकै तमासा छ : एमाले अध्यक्ष ओली

सरकार र सदनमा गठबन्धनकै तमासा छ : एमाले अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७८, शुक्रबार

पोखरा/ एमाले अध्यक्ष ओलीले आफै सरकारमा बस्ने र एमसीसीको विरोधमा कार्यकर्तालाई सडकमा उतार्ने प्रवृत्तिलाई तमासाको संज्ञा दिएका छन् ।

शुक्रबार पोखरामा कार्यकर्ता प्रशिक्षण तथा अन्य दलबाट एमालेमा आएकाहरुलाई स्वागत गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी चाहिन्छ भन्नेहरुलाई जोगाउने र आफूलाई ढुंगा हान्ने गरिएको भन्दै आपत्ति पनि जनाए । विरोधमा उत्रने माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका झलनाथ खनाल–माधव नेपाल, प्रचण्ड तथा बाबुराम भट्टराई र कांग्रेसको नाम लिएर सबैले तमासा गरेको आरोप लगाए ।

‘तमासा पनि हद हुन्छ नि, सरकारमा पनि बसेका छन् , आन्दोलन गर्न पठाएका छन्’ उनले भने,‘ प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’

उनले एमसीसीको पक्षमा रहेका बाबुराम भट्टराई,नेपाली कांग्रेसलाई केही नगर्ने तर आफूलाई ढुंगा हानिएकोमा आपत्ति जनाउँदै अगाडि भने,‘टेबुल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्डका पालमा अगाडि बढ्यो । प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्कीले वासिङटन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले ग¥यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटाबाट हिँड्छु ढुंगा हान्छन् ।’

५ दलीय गठबन्धनले वैशाखमा स्थानीय चुनाव गराउन नचाहेको जिकिर गर्दै उनले एमाले,वुद्धिजीवि,संचारमाध्यम, निर्वाचन आयोग र अन्तर्राष्ट्रिय समुदायको दवावमा चुनाव घोषणा भएको बताए । ‘५ दलीय गठबन्धनले भनेको सुन्नुभयो होला, अहिले चुनाव गर्नै हुँदैन अहिले चुनाव ग¥यो भने एमालेले सिध्याउँछ । अनि कहिले वकिलसँग छलफल गरे’,उनले भने,‘ निर्वाचनको घोषणा गरेपछि यिनीहरुलाई भोक लाग्न र निद्रा लाग्न छाड्यो ।’
राजनीति पाउँला र खाउँला भनेर हैन, देश र जनताका लागि हुनुपर्नेमा जोड दिँदै उनले भर्खरै पार्टी प्रवेश गरेका कार्यकर्तालाई लक्षित गर्दै भने,‘ राजनीति गर्दै जाँदा स्थानीय चुनाव आउँदैछ मान्छे उठाउन पर्छ । पाइहालिन्छ ,यो पटक नपाए अर्को पटक पाउनुहोला, प्रचण्डले जनवाद आउँछ भन्ने झुटा सपना देखाएर अंगभंग बनाएर, बेघरबार बनाएकाहरुले के पाएका छन् रु हामीले त हिजो माओवादीले बरवाद बनाएकाहरुको बर्हिगर्मित लडाकुबारे सोच्नुपर्छ ।’ उनले कालापानी–लिपुलेकसहितको नक्सा सार्वजनिक गर्दा राष्ट्रिय सहमति कायम गरिएको प्रसंग उठाउँदै सहमतिको काम एमालेबाट मात्र सम्भव भएको तर्क पनि गरे ।

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रले जनताले नबुझ्ने शब्दजाल फ्याँकेर जनता अल्मल्याउने काम गरेको आरोप पनि लगाए ।

‘छलाङ, महाविपत्ति,धक्का १’,उनले भने,‘धक्का के विकास गर्छ रु छलाङ, क्रमभंग १ अनि त्यसले के विकास गर्छ, के हो धक्का ,कसलाई धक्का ,एमालेलाई धक्का रु ’
उनी त्यतिमै रोकिएनन् । माओवादीले नै कम्युनिष्ट पार्टीको झण्डै २ तिहाइको सरकार ध्वस्त पारेको तथा प्रतिक्रियावादीसँग मिलेर कम्युनिष्ट पार्टीलाई नै धक्का दिने काम गरेको आरोप पनि लगाए ।
‘कम्युनिष्ट सरकारले देश विकास गर्दा, उत्तरतिरको नाका खोल्दा, देशलाई नयाँ युगमा प्रवेश गराउँदा ,नयाँ बाटा बनाउँदा, भारत र चीनबाट काठमाडौंसम्म रेल लाउँदा धक्का’,उनले भने, कसलाई धक्का भन्दा कम्युनिष्ट पार्टीलाई धक्का,कोसँग मिलेर भन्दा प्रतिक्रियावादीसँग मिलेर । कांग्रेससँग मिलेर सरकार बनाएर । यस्तो फाल्तु गफ गर्ने पार्टी एमाले हैन ।’

उनले अकाको रिसमा कसेको खुट्टा तान्ने प्रवृत्ति एमालेमा नभएको भन्दै घुमाउरो पाराले एमाले आफ्नै बलबुताले सरकारमा पुग्ने संकेत पनि गरे ।
‘हामी अर्काको रिसले उसको खुट्टा तान्न्न जाँदैनौंँ । कोही दौडन चाहन्छ भने एमालेले दौडेर स्वर्ण पदक खोज्छ छिर्के लगाएर हैन’,उनले भने,‘ वामपन्थीको कुरा गर्ने तर वामपन्थी देख्नै नसक्ने रु’ देश कसरी बनाउने भन्ने विचार अरु पार्टीसँग नभएको र एमाले नेतृत्वको सरकार हटेपछि विकासको शब्द नै सुन्न छाडिएको पनि उनको टिप्पणी थियो । ‘हामी सरकारबाट हटेपछि विकासको कुरा सुन्नुभयो रु हामीले सरकार छाडेपछि गठबन्धन सुन्नुभयो । गठबनधन टिक्ट, गठबन्धन टिक्दैन ,गठबन्धन छाड्छु, के का लागि गठबन्धन रु’,उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->