बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शिवरात्रीको अवसर पारेर गौरिधाम मन्दिर सरसफाई

शिवरात्रीको अवसर पारेर गौरिधाम मन्दिर सरसफाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

बागलुङ/ शिवरात्रीको अवसर पारेर कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको गौरीधाम मन्दिरमा सरसफाई गरेको छ । शिवरात्रीमा मेला लाग्ने भएकाले मन्दिरलाई सुन्दर र सफा बनाउनका लागि समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर सफा गरेको हो ।

समितिले शिवरात्रीमा गौरिधाम मन्दिर पुग्ने दर्शनार्थीका लागि निःशुल्क पिउने पानी उपलव्ध गराउने वचन दिएको छ । सरसफाई कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका सदस्य नविन कुमार श्रेष्ठ र गौरिधाम मन्दिर व्यवस्थापन समितिका सदस्य राजेन्द्र जिसीले कपडा तथा फेन्सी व्यवसायी समितिलाई धन्यवाद दिएका थिए ।

समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दलबहादुर कार्कीको स्वागत र सह–सचिव रबिन्द्र कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->