शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सत्ता जोगाउन सार्वभौम सत्तामा सौदाबाजी भयो : जनमोर्चा महासचिव भट्ट

सत्ता जोगाउन सार्वभौम सत्तामा सौदाबाजी भयो : जनमोर्चा महासचिव भट्ट


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७८, शनिबार

बागलुङ / राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले स्वार्थ लुकेको सहायता स्वीकार गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सत्तासँग राष्ट्रियता साँटेको आरोप लगाएका छन् । उनले सत्ताबाट हट्नुपर्ने डरका कारण यी दुई दल अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको जिकिर पनि गरेका छन् ।

शनिबार राष्ट्रिय जनमोर्चा बागलुङले एमसीसीको विरोधमा बागलुङ बजारमा आयोजना गरेको कोणसभालाई संaवोधन गर्दै भट्टले एमसीसी शीतयुद्धको निरन्तरता भएको दावी गरे ।
‘उता सडकमा कार्यकर्ता एमसीसीको विरोधमा टाउको फुटाइरहेको थिए, यता प्रचण्ड र माधव नेपालले एमसीसी पारित गरेर मुस्कुराइ रहेका थिए’ दुई दलका नेताप्रति व्यङ्ग्य गर्दै भट्टले भने ‘देश नै खतरामा पर्न ेभएकाले पारित गरियो भन्छ, उनीहरुले देश खतरामा पर्ने भनेको चुनावसम्म गठबन्धन नटिक्ने, अग्नी सापकोटाको पद जाने र माधव नेपाल एक्लै चुनावमा जाँदा पत्तासाफ हुनेमात्रै हो ।’ एमसीसी पारित नगर्दा दुर्घटना हैन सत्ता गठबन्धनमा फाटो आउने भएकाले मात्रै सत्ता जोगाउन माओवादी र समाजवादी तयार भएको उनले आरोप लााए ।

‘कांग्रेसले बरु ढाँटेन किनकि राष्ट्रघातका धेरै सम्झौता कांग्रेसले गरिसकेको छ, भारतका सेना ल्याउनुपर्छ भन्ने कांग्रेसलाई अमेरिकी सेना आउनु ठूलो कुरा भएन्, यहाँ कम्युनिष्टले ढाँटे’, भट्टले भने ‘हिजो सडकमा कराउने समाजवादी–माओवादी धोकाधडीमा लागे, गद्धारी गरे र कम्युनिष्टको नाममा कलंक सावित भए, त्यसैले सत्ता जोगाउन राष्ट्रघात गरेर सौदाबाजी गरे ।’

सीधा सैनिक परिचालन नगरेर आफ्नो लगानी सुरक्षाका लागि सेना परिचालन गर्ने रणनीति अनुसार अमेरिकाले एमसीसी परियोजना ल्याएको उनको दावी थियो । ‘अहिले हेर्नुहोस् अमेरिका र चीनको शीतयुद्ध चलिरहेको छ, अमेरिकाको व्यापारी चीनबाट निकालिएको छ, चीनको व्यापारी अमेरिकामा छैन्’, भट्टले भने ‘चीनका विरुद्धमा नेपाली भूमि प्रयोग गर्ने परियोजना हो एमसीसी, यो विकास परियोजना होइन् ।’ उनले नेपालले बैदेशिक सहायता स्वीकार गर्ने तर राष्ट्रियता र सार्वभौमसत्तामा धावा बोल्नेगरी आएका सम्झौताहरु गर्न नहुने बताए । ‘साढे १६ अर्खको बजेटमा हाम्रो आम्दानी दश खर्व मात्रै हो, बाँकी वैदेशिक ऋण र सहायता नै हो’ उनले भने ‘एमसीसी बाहेकका सहायतामा हामीले विरोध किन गरेनौं ? किनकि ती सहायताहरुमा सार्वभौम सत्तामा धावा बोलिएको छैन् ।’भट्टले एमसीसीमा कर्मचारी परिचालनका नाममा सादा पोसाकका सेना पठाउने दाउमा अमेरिका रहेको जिकिर पनि गरे । नेपालमा चलेका अन्य परियोजनाहरुले स्वार्थपूर्ति हुने अवस्था नभएपछि शैन्य अभ्याससहितको एमसीसी ल्याइएको आरोप पनि उनको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->