बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङका चार पत्रकार पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७८, आइतबार

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाले खोजमुलक समाचार लेख्ने चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शहीद सप्ताह समापनको अवसर पारेर गाउँपालिकाले ‘ताराखोला शहीद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरेको हो । गाउँपालिकाले स्थापना गरेको पुरस्कार पाउनेमा राष्ट्रिय समाचार समिति (रासस) बागलुङ कार्यालयका प्रमुख रामबहादुर थापा, कान्तिपुर दैनिकका उप–सम्पादक प्रकाश बराल, धौलागिरी जागरण दैनिकका संवाददाता साधना पन्त र ताराखोलाका स्थानीय पत्रकार पूर्णभद्र न्यूरे रहेका छन् । गाउँपालिकाले स्थानीय तहमारहेर काम गर्ने एक जना पत्रकार र जिल्लाभर उत्कृष्ट खोजमूलक समाचार लेख्ने तीन जना पत्रकार छनोट गरेर पुरस्कृत गरिएको हो । पत्रकार महासंघ बागलुङको सिफारिसमा छनोटमा परेका पत्रकारहरु पुरस्कृत भएका हुन् ।
उनीहरुलाई जनही १५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोला गाउँपालिकाले पहिलो पटक ‘ताराखोला शहीद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’प्रदान गरेको हो ।

‘ताराखोला शहीद स्मृति खोजमूलक पत्रकारीता पुरस्कार कोष’ स्थापना गरेर गाउँपालिकाले हरेक वर्ष खोजमूलक समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । फागुन १४ देखि २१ गतेसम्म गाउँपालिकाले शहीद सप्ताह मनाउने गरेको छ । शहीद सप्ताहको समापनका अबसरमा शहीद तथा बेपत्ता परिवारलाई अभिनन्दन, २१ वटा सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो । द्वन्द्वको समयमा जिल्लामै सबैभन्दा धेरै प्रभावित भएको ताराखोलाले शहीदहरुको सम्झानमा हरेक वर्ष विविध कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->