बागलुङ\आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले मानवसेवा आश्रम बागलुङमा आश्रितहरुलाई मंगलबार खानाको व्यवस्था गरेको छ ।
संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर मानवसेवा आश्रम बागलुङ शाखालाई आश्रमको सेवालाई थप सहज बनाउन खाना खुवाउने कार्यक्रम सम्पन्न गरेकोे हो ।
कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष तथा संघीय सांसद मनकुमारी केसीले मानव सेवा नै धर्म हो, सामाजिक कार्यमा सरिक हुन सम्पुर्ण मानवको जिम्मेवारी, कर्तव्य रहेको बताइन् ।
कार्यक्रममा हाम्रो चाहना सबैको लागि खाना नाना छाना’ नाराका साथ स्थापित आश्रमका रहेका आश्रित ४९ जनालाई भोजनको व्यवस्था गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिइन् ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), स्वागत मानवसेवा आश्रम बागलुङ शाखाका विपना तामाङ र सञ्चालन संस्थाका सह–सचिव सरस्वती खड््का परियारले गरेकी थिइन् ।
संस्थाले दैनिकसंग अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाईन सञ्चालन गर्दै आएको छ ।संस्थामा ३ हजार ५ सय जना शेयर सदस्य, ५ करोड ५० लाख शेयर रकम, ३२ करोड वचत, ३७ करोड लगानी रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।





