आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘हरेक क्षेत्रमा वर्तमान गण्डकी सरकार नमुना’

‘हरेक क्षेत्रमा वर्तमान गण्डकी सरकार नमुना’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७८, बुधबार

स्याङ्जा/गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले हरेक क्षेत्रमा वर्तमान गण्डकी सरकार नमुना भएको बताएका छन् । शिरशुबा गम्भिर सिहँ गुरुङ स्मृति प्रतिष्ठानले आँधीखोला गाउँपालिका–१ सिरुबारीमा आयोजना गरेको क्लब स्तरिय पुरुष भलिबलमा मुख्य मन्त्री पोखरेलले आफ्नो नेतृत्वमा सरकार बनेको नौ महिना मात्र भएको र राम्रा राम्रा कामलाई अगाडी बढाएको बताए ।

उनले विपक्षीले कामै नगरेको आरोप लगाउँदा आफ्नो नेतृत्वको सरकारले अघिल्लो सरकारले चार वर्षमा गर्न नसकेका काम गरेको बताए । आफ्नो नेतृत्वको सरकारले क्यान्सरका बिरामीको निशुल्क उपचार, निशुल्क रगतको ब्यवस्था, माग्दै हिंड्नेलाई मानबसेवा आश्रममा बस्ने ब्यवस्था गरेको मुख्यमन्त्री पोखरेलले भनाई थियो ।

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा काम गर्ने हेतुले स्थापित शिरशुबा गम्भिर सिहँ गुरुङ स्मृति प्रतिष्ठानको १० औ बर्षगाठमा गरिएको भलिबलको तेस्रो दिन आएका मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य र खेलकुद अपरिहार्य भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->