शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

ओलीको कटाक्ष : नेपालमा गोरु व्यायो, पाँचवटा बाच्छा पाएको छ

ओलीको कटाक्ष : नेपालमा गोरु व्यायो, पाँचवटा बाच्छा पाएको छ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७८, शुक्रबार

पोखरा/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गोरु व्याएको र पाँचवटा बाच्छा पाएको भन्दै पाँच दलीय गठबन्धनलाई कटाक्ष गरेका छन् । सर्वोच्च अदालतमा गोरु व्याएकार पाँचवटा बाच्चा पाएकाले अहिलेको गठबन्धन तयार भएको उनको कटाक्ष थियो । ‘नेपालमा पत्रकारहरुले जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ?’ ओलीले भने ‘परमादेशको समर्थन गर्ने हो भने गोरु कहिँ व्याउँदैन भन्ने मान्यता छनी, नेपालमा त गोरु पनि व्यायो, गोरु व्याएन मात्रै पाँच वटा बाच्छा पाएको छ ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले पूराना राजनीतिज्ञ स्वर्गी राजेश्वर देवकोटाको भनाई स्मरण गर्दै सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको टिप्पणी गरेका हुन् ।

ओलीले भने– ‘तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्, केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ ।’
अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उनले बताए ।

ओलीले भने– ‘देशको अर्थतन्त्र ध्वस्त हुँदैछ । देशको राजनीति विग्रन नदिन कति हाामीले बलिदान दिने ? अब बलिदान दिने होइन,संघर्ष र दबाबबाट सुधार गर्नुपर्छ । निर्वाचनको माध्यमबाट नै गर्छाैं । सडकमा गइरहनुपर्ने धेरै अवस्था पनि छैन । हामी निर्वाचनबाटै ठेगान लाउन सक्छौं,किनकी महान जनताको साथमा हामी छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->