पोखरा/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लले अबको केही दिनमा नै नेपाल र चीनबीच चिनियाँ सहयोग परियोजना (बीआरआई) कार्यान्वनयबारे सम्झौता हुने जिकिर गरेका छन् ।
‘एमसीसी संसदबाट पारित भएपछि अब प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ सहयोग (बीआरआई) सम्झौता गर्दै हुनुहुन्छ’,नेता वाग्लेले आइतबार कास्की कांग्रेसको घरघर जाऔं अभियान सुरु गर्दै भने,‘देशलाई ऋणमा डुबाएर श्रीलंकाजस्तो बनाउनुभन्दा सहयोग लिएर विकास गनु बुद्धिमानी हुन्छ ।’
चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारको नेतृत्व गरिरहेको कांग्रेस नेताको यो अभिव्यक्तिपछि बीआरआईबारे थप सम्झौता हुने सम्भावना बढेको छ । यद्यपि, सरकारले चिनियाँ विदेशमन्त्रीको भ्रमणका एजेण्डाबारे केही बताएको छैन । सन् २०१८ मै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई अगाडि बढाउने सहमति गरेको नेपालले सन् २०१९ मा मित्रराष्ट्र चीनसँग बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना अगाडि बढाउने सम्झौता गरेको थियो । बीआरआई अन्तर्राष्ट्रिय सहभागिता मञ्चमा राष्ट्रपतिको सहभागितासँगै सीमापार रेल सञ्जाल निर्माणमा सहमति जुटेको थियो । त्यही आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘चुच्चे रेल’ ल्याउने उद्घोष गरेका थिए । विभिन्न ९ वटा परियोजनामा सहयोग माग गरेको नेपालले पछिल्ला दिनमा भने बीआरआई सम्झौता अगाडि बढाउन खासै रुचि देखाएन । चीनले पटक–पटक चासो दिँदा पनि बीआरआई अगाडि बढेन । एकातिर बीआरआई कार्यान्वयन नहुनु र अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गराउन मरिहत्ते गर्नुले चीन सशंकित बन्यो । एमसीसीबारे दलहरुबीच फरक मत आउँदा चीनले सार्वजनिक रुपले नै आफू एमसीसीको पक्षमा नभएको प्रष्ट पा¥यो । चीनको लागि राजदूत नियुक्तिमा ढिलाइ तथा यसअघिका सम्झौता कार्यान्वनयमा चासो नदिनुलाई चीनले गम्भीरताका साथ हेरेको कुटनीतिक वृत्तमा चर्चा चल्यो । एमसीसी पारित गरेपछि बीआरआई अगाडि बढाउन नैतिक दवाव परेकै बेला चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको छ । कांग्रेसका नेताहरुले विकासको लागि सबै देशबाट सहयोग लिनुपर्ने धारणालाई जोडतोडका साथ उठाइरहेका छन् । नेता वाग्लेको पछिल्लो अभिव्यक्तिलाई कांग्रेस बीआरआई कार्यान्वयनमा ल्याएर आफूमाथि लागेको चीन विरोधीको ‘ट्याग’ हटाउने अभियानको रुपमा अथ्र्याइएको छ ।
नेता वाग्लेले कार्यकर्ताहरुमाझ अर्थतन्त्र उकास्नका लागि ल्याइएको अरुण जलविद्युत आयोजनामा एमालेले गल्ती गर्दा देश पछि परेको जिकिर गरे । उनले भने,‘ अरुण सबैभन्दा सस्तो ऋण र व्याजमा बन्ने विशाल परियोजना थियो । माधव नेपालको प्रधानमन्त्री भएको सरकारले समाप्त बनायो । आज २० वर्षपछि यो कुरालाई जनतालाई भन्ने कि नभन्ने ?’ अहिले कम्युनिष्टका नेताहरुले लाजै नमानी स्विच दबाएर त्यही जलविद्युत आयोजना उद्घाटन गरिरहेको उनको भनाइ थियो ।
उनले एमसीसीको विरोध गर्नेलाई प्रतिप्रश्न गर्नुपर्ने बेला आएको पनि जिकिर गरे ।‘तिम्रो नेताले हस्ताक्षर गरेर अगाडी बढाएको कागज हो कि होइन ?तिमीले अरुलाई गद्धार भनिरहँदा, अरुलाई राष्ट्रघाती भनिरहँदा तिमीले देखाएको औला तिमीतर फर्किएको छ’ उनले थपे, मित्र हो आकाश तिर फर्केर नथुक्नुहोस्, परालको थुप्रोमा बसेर अगुल्टो नहान्नुहोस् आफै खरानी भइन्छ ।’
उनले एमालेले अमेरिकी सहयोग परियोजना (एमसीसी पास गर्न सौदावाजी गरेको आरोप पनि लगाए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्न तयार रहेको तर नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई खत्तम बनाएमात्र पास गर्न दिने सर्त गलत भएको उनको भनाइ थियो । ‘एमसीसीलाई संसदमा लैजाने प्रधानमन्त्री केपी ओली हुनुहुन्छ । कम्तीमा उहाँले चाहिँ यसलाई सिधै विरोध गर्नुभएको छैन् । तर, सत्ताको वार्गेनिङ्गमा आफ्ना केही माग पूरा गर्न संसदमा अवरोध गरिरहनुभयो’, उनले भने,‘ ओलीजीले के भन्नुभयो भने, एमसीसीमा त हामी भोट हाल्छौ पास गर्दिन्छौँ तर हामीले भनेको कुरा मान् । ती १४ जना माधव नेपालका सांसदलाई खत्तम गर्देऊ । एउटा जिम्मेवार प्रतिपक्षिको नाताले एमालेले यो एैतिहासिक गल्ती ग¥यो ।’
उनले अब कांग्रेसले सबैलाई संगठित गरेर सम्हाहित गरेर लैजानुपर्ने बताए । कांग्रेसको मुख्य समस्या अन्तरघात रहेको र यसपटक जरैबाट अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आगामी निर्वाचनमा मतदातासम्म जादाँ नारा नभइ काम गर्ने एजेन्डा लिएर जानुपर्नेमा जोड दिए ।‘अब हामीले आर्थिक क्रान्तिको अभियान चलाउनुपर्छ । आजकका दिनदेखि जिल्लाका हरेक नागरिकले व्यवसाय गर्न खोजेमा सहुलियत ऋण लिने, उद्योग तथा फर्म दर्ता गर्नेदेखि आयोजनाका प्रतिवेदनसम्म लेख्ने काम हामी गरिदिन्छौँ । कसैलाई सरकारी काममा समस्या परे हामी कहाँ आउनुहोस् हामी सहयोग गर्छौँ ।’





