बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ प्रहरी हिरासतमै फर्काइए पल

तनहुँ प्रहरी हिरासतमै फर्काइए पल


  • ढोरपाटन संबाददाता
  • चैत्र २ २०७८, बुधबार

पोखरा/ नाबालिका बलात्कार गरेको अभियोगमा अनुसन्धानका लागि नवलपुर पु्¥याइएको नायक तथा मोडल पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा वयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।

डिएसपी खड्का अनु्सार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरि पनि म्याद थप हुन सक्ने उनले संकेत गरे ।

पलले अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी दिएको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।

हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार तनहुँ प्रहरीले ईलाका प्रहरी कार्यालय गैंडाकोट पु¥याएको थियो । त्यहाँ पनि उनै नाबालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको हो ।
घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->