बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा निर्वाचन केन्द्रीत हुँदै दलहरु

तनहुँमा निर्वाचन केन्द्रीत हुँदै दलहरु


  • ढोरपाटन संबाददाता
  • चैत्र ३ २०७८, बिहिबार

तनहुँ/आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरु आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आफ्नो पकडमा पार्ने उदेश्यले तनहुँमा क्रियाशिल राजनीतिक दलले तयारी गरिरहेका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित भएर गतिविधि भइरहेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका पार्टीले संगठन विस्तारदेखि पार्टी प्रवेशका कार्यक्रम धमाधम गरिरहेका छन् । घोषित अघोषित रुपमा दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित भएको पाइन्छ ।कांग्रेसले तनहुँमा घोषित रुपमै स्थानीय तहको निर्वाचन लक्षित गतिविधी थालेको छ । तनहुँ कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार आइतबारदेखि ‘घर घर जाऔँ, कांग्रेस जितार्औ’ अभियानको सुरु गरिसकेको छ । जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ तथा नगर कमिटीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानका लागि वडा वडामा जाने प्रतिनिधि छनोट गरिएको जिल्ला सभापति जितप्रकाश आलेले बताए ।‘गाउँ गाउँमा पुगेर मतदाताको सर्वोक्षण गर्ने र पार्टीप्रतिको भ्रमलाई चिर्दैै कांग्रेस जिताउ अभियान चलाउनेछौं’, उनले भने । यतिबेला निर्वाचनको माहोल कसरी बनाउन सकिन्छ भनेर लागिरहेको उनले बताए । ‘एमसीसी लगायत केही विषयमा द्धिविधा उत्पन्न भइहेका छन् त्यसको भ्रम पनि चिरिरहेका छौं’, उनले बताए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल लगायतका नेताहरु गृह जिल्ला आउने क्रम पनि बाक्लिएको छ । केन्द्रिय नेताहरु जिल्लामा आएर गाउँ गाउँमा पुगेर कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि स्थानीय तहको निर्वाचन केन्द्रीत भएका छन् । नेता जोशीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरेर कारवाही गरेकोे छ । तर पनि उनी आफु पक्षधरका नेतालाई व्यवस्थापन गर्ने भन्दै गाउँ गाउँ पुगिरहेका हुन्छन् । जोशीले अबको निर्वाचनमा आफू पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडी बढ्ने चेतावनी दिदै आफू पक्षधरका नेता कार्यकर्तालाई भेट्न चरण चरणमा अभियान चलाइहेका छन् । उनले भनेका छन्,‘पहिलो प्राथकिमता कांग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौं’, उनको चेतावनी छ । यदि जोशी पक्षधरलाई समेटन् नसकेको खण्डमा स्थानीय निर्वाचन तनहुँ कांग्रेसलाई भारी पर्ने देखिन्छ ।

नेकपा एमाले पनि टोलटोलमा कमिटी विस्तार गर्ने अभियानमा केन्द्रित देखिन्छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने दाउमा छ एमाले ।‘टोल टोलमा कमिटी गठन गर्ने अभियान व्यापक रुपमा भईरहेको छ । पार्टी प्रवेशका कार्यक्रम पनि भइरहेका छन् । यसै मार्फत जनतालाई गोलबन्द गर्दै गईरहेकाछौं’, नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने । निर्वाचनको संघारमा एमाले विरुद्ध अन्य पार्टीले भ्रम फैलाउन सक्ने भएकाले टोलटोलमा कमिटी विस्तार गरेको उनले बताए । यसपाली पार्टीमा गुटबन्दीको अन्त्य भएकाले अघिल्लो निर्वाचनमा भन्दा राम्रो परिणाम आउने उनको दावी छ ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइराला तनहुँमा माओवादी निर्वाचन केन्द्रीत भइनसकेको बताइन् । ‘संठगन विस्तार र सुढृणीकरणको अभियान चलिरहेको छ । यो अधिवेशन अन्तर्गत नै हो । अब छिट्टै केन्द्रबाट निर्देशन आउनेछ र हामी स्थानीय तहको निर्वाचन केन्द्रित हुनेछौँ’,उनले भनिन् । निर्वाचन केन्द्रीत भएर गाउँ पस्न थालेपनि अघिल्लो निर्वाचनमा आफ्ना पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीले के कति काम गर्न सफल भए र जनता सन्तुष्ट छन छैन्न भन्नेमा समीक्षा गर्नतर्फ राजनीतिक दलहरुको ध्यान पुगेको छैन् । जनता तानातानको होडबाजीमा लागेका राजनीतिक दलले गम्भीर समीक्षा गर्न पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->