आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्रको वडा कमिटि एमालेमा समाहित

माओवादी केन्द्रको वडा कमिटि एमालेमा समाहित


  • ढोरपाटन संबाददाता
  • चैत्र ३ २०७८, बिहिबार
फोटोः नेकपा माओवादी केन्द्र वार्ड कमिटिको माइन्युट हस्तान्तरण गर्दै वार्ड कमिटि अध्यक्ष देवेन्द्र खत्री ।

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा नेकपा माओवादी केन्द्रको वार्ड कमिटि नेकपा एमालेमा समाहित भएको छ ।
धम्जामा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र काठेखोला गाउँपालिका वडा नं. ३ को गाउँ कमिटि अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमालेका काठेखोला गाउँपालिका ३ धम्जाका इन्चार्ज खुम भण्डारीलाई वार्ड कमिटिको माइन्युट हस्तान्तरण गरी पुरै कमिटि एमालेमा समाहित भएको घोषणा गरेका थिए ।

नेकपा माओवादी केन्द्र जनताको भावना विपरित अगाडि बढ्दै गइरहेको भन्दै कार्यकर्ता स्तरमा असन्तुष्टी बढ्दै गएको बेला वडा कमिटिनै एमालेमा समाहित हुन पुगेको हो । नेकपा एमालेका सचिवालय सदस्य एंवं धम्जा इन्चार्ज खुम भण्डारीले वडा धम्जामा नेकाप एमालेको प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।

सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटिका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->