बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा नेकपा माओवादी केन्द्रको वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
माओवादी केन्द्र काठेखोला गाउँपालिका–३ को गाउँ कमिटी अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमालेका काठेखोला गाउँपालिका–३ धम्जाका इन्चार्ज खुम भण्डारीलाई वडा कमिटीको माइन्युट हस्तान्तरण गरी पूरै कमिटी एमालेमा समाहित भएको घोषणा गरेका थिए ।





