आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गाउँ पस्यो कांग्रेस गण्डकी

गाउँ पस्यो कांग्रेस गण्डकी


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७८, शनिबार

पोखरा/ नेपाली कांग्रेस गण्डकीले प्रदेश कार्य समितिका ७२ जना सदस्यहरुलाई चुनाव केन्द्रीत गतिविधिका लागि जिल्लाहरुमा खटाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला अन्र्तगतका ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रमका लागि सदस्यहरु परिचालित गरिएको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए । प्रशिक्षणसँगै ती प्रतिनिधिहरुले त्यहाँको बस्तुस्थितिबारे प्रतिवेदन पेश गर्नेछन् । कार्यक्रममा गण्डकी प्रदेश का महामन्त्री किरणबाबु श्रेष्ठ र प्रशिक्षकद्वय प्रा डा कुसुमाकर न्यौपाने डा शेरषरमण न्यौपानेले जिल्ला खटिनेहरुलाई काम कर्तव्य र विषयबस्तुमाथि जानकारी गराएका थिए । कांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा दिएर वडा तहसम्म नेता तथा कार्यकर्ता परिचालन गरेको हो । प्रतिनिधिहरुले चैत ५ देखि १५ गते सम्म आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->