बागलुङ/धवलागिरि बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले दीपप्रसाद शर्मा कंडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा बिष्णुप्रसाद चापागाई,सहसससिवमा प्रदीप पन्त र कोषाध्यक्षमा नवराज पन्त चयन भएको निर्वाचन अधिकृत शिवराज पन्तले जानकारी दिए ।
त्यस्तै सदस्यमा दिपेन्द्र जैशी, केदारनाथ शर्मा, नारायणप्रसाद पौडेल, नरेन्द्र बुढाथोकी, रोशन क्षेत्री र सुभाष केसी चयन भएका हुन् । केन्द्रीय महाधिवेसन प्रतिनिधिकालागि बिष्णुप्रसाद शर्मा, तिलकप्रसाद कंडेल, डम्बरबहादुर बिक, गणेश शर्मा र रामराजा कंडेल निर्विरोध चयन भएका हुन् । अध्यक्ष चुनिएपछि कंडेलले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र पेशागत समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाए ।





