बागलुङ/गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कंडेलले स्वास्थ्य क्षेत्र बलियो बन्दा देशको अर्थतन्त्र समेत बलियो बन्ने बताएका छ्न् । आइतवार गलकोट नगरपालिका २ को नरेठाँटी स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए ।
मन्त्री कडेंलले शिक्षा र स्वास्थ्यमा गरेको लगानी खेर नजाने समेत बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्नेले पनि आत्मसन्तुष्टी पाउने बताए । उनले अर्को प्रसंगमा आम नागरिकको भावना समेटेर आगामी बजेट आउने भन्दै पर्यटन र उद्योगको बिकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको पनि बताए । आगामी बजेटमा बहुवर्षिय योजना मार्फत गलकोट क्षेत्रको बिकासमा पनि ध्यान दिने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको वताए । गैरेले स्वास्थ्यमा भौतिक संरचनाको क्षेत्रमा विकास भईसकेको अवस्थामा अव स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री वनाई गुणस्तरीय सेवा प्रदान ग र्न नगरपालिका तयार भएको बताए । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले स्वास्थ्य, शिक्षा तथा आधारभुत आवश्यकताहरु पुरा गर्नको लागि स्थानिय सरकार लागेको भन्दै अधुरा काम पुरा गर्ने अबसर आगामी नेतृत्वलाई भएको बताइन् ।
२०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी २०६९ सालमा स्तरोन्नती गरिएको थियो नवनिर्मित भवन २०७६ चैत्र ८ गते उद्घाटन गर्ने तय थियो । कोरोना महामारीको कारण ढीलाभएको हो नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले संस्थाको प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य बुल बहादुर केसी, कांग्रेस गलकोट नगर सचिव योगेश भण्डारी, राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटिका अध्यक्ष टंक के सी, गलकोट नगरपालिका वडा नम्वर ८ का अध्यक्ष राम प्रसाद कडेंल, स्थानीय यम बहादुर श्रीस, सामुदायिक प्रहरी सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र तथा नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर सन्देश पौडेल, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति सदस्य होम बहादुर थापा, स्वयमसेविका कुमारी कार्कीले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पु¥याउने व्यक्ति र संघसंस्था महिला स्वयंसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरीएको थियो । कार्यक्रम नरेठाँटी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता, सदस्य दुर्गा देबी भण्डारीको स्वागत तथा जग्गा व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।





