आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले पोखरा १९ मा टोल कमिटी

एमाले पोखरा १९ मा टोल कमिटी


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

पोखरा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले टोल कमिटी गठनलाई तीव्रता दिएको छ ।
यही उपक्रममा वडा कमिटी पोखरा १९ ले वडाभित्र १० भन्दा बढी कमिटी गठन गरेको नेता डिल्लीराम पौडेलले जानकारी दिए । पछिल्लो समयमा साविकको लामाचौर गाविस वडा नं ७ र ८ को संयुक्त भेलाले पोषराज पौडेलको अध्यक्षतामा १९ सदस्यीय ७ नंवर टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा शारदा पौडेल, सचिवमा नारायण अधिकारी, उपसचिवमा एकनाथ पौडेल र विमला पौडेल तथा मनबहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय ८ नम्बर टोल कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा वविता सुनार, सचिवमा गोपाल पौडेल, उपसचिवमा यादव सुनार र थमबहादुर सुनार चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->