आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आर्थिक समृद्धिका लागि कांग्रेस : शुक्रराज शर्मा

आर्थिक समृद्धिका लागि कांग्रेस : शुक्रराज शर्मा


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७८, मंगलबार

बागलुङ/ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रबार शर्माले पार्टीलाई बहुमत दिने गरी निर्वाचन प्रचार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आम जनतालाई रमाएर मत हाल्ने वातावरण बनाउनपनि आग्रह गरे ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति र बागलुङ जिल्ला कार्यसमितिको आयोजनामा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया उद्घाटन गर्दै शर्माले कांग्रेस नेतृत्वमा मात्र देशको विकास संभव भएको बताए । उनले जनआन्दोलनको सफलता, संविधान निर्माण जस्ता एजेण्डामा कांगे्रसले गरेर देखाएका कामबाट सिक्दै फेरि बहुमत ल्याएर देशलाई समृद्धिमा लैजान सक्ने बताए ।

कार्यक्रममा जिल्लाभरका ३ सय बढी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको पार्टी सचिव हरिहर शर्माले जानकारी दिए । प्रशिक्षणमा डा. कुशुमाकर न्यौपानेले पार्टी नेतृत्व कौशलता र चुनावी रणनीति तथा अर्का प्रशिक्षक शेषरमण न्यौपानेले आगामी चुनावी रणनीतिमा कांग्रेस विषयक प्रशिक्षण गराएका थिए ।

पार्टीले जनजनमा कांग्रेस, मनमनमा कांग्रेस भन्ने नारासहित गाउँगाउँ जाऔं, कांग्रेस जिताऔ भन्ने अभियानसहित प्रचार थालेको छ । सबै वडा तहमा कार्यक्रम गरिरहेको कांग्रेसले उमेदवार छनौटपछि भने हरेक कार्यकर्ताले आफ्नै वडामा मात्रै प्रचार र संगठन गर्ने लक्ष राखेको सभापति जितबहादुर शेरचनले बताए । उनले पार्टीलाई अब पुरानो शैलीमा हिंड्न नदिने भन्दै युवा जोशमा अगाडि बढाउने बताए । काम गरेर देखाउने बेला भएको भन्दै पार्टी संगठन चुस्त र निर्वाचनमा परिणाम दिने खालको बनाउने दावी गरे ।
कांंग्रेस जिल्ला सभापति जीतबहादुर शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको संचालन र उपसभापति तारानाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रत्ना शेरचन, प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला नेता जगदिशचन्द्र उपाध्याय, पार्टी सचिव गण्डकी थापा अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->