बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव स् हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव स् हल्का वर्षाको सम्भावना


  • ढोरपाटन संबाददाता
  • चैत्र ९ २०७८, बुधबार

पोखरा/ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->