बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

प्रहरी चौकी अगाडीकै कास्की अदालतमा तोडफोड

प्रहरी चौकी अगाडीकै कास्की अदालतमा तोडफोड


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७८, बिहिबार

पोखरा/ जिल्ला अदालत कास्कीको इजलास तोडफोड भएको छ । मंगलबार राति प्रहरी सुरक्षामा रहने कास्की अदालतको १ र ६ नम्बर इजलाशमा तोडफोड भएको हो । अदालतको इजलाशमा प्रवेश गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन तर सो व्यक्तिले ढोका फोडेको र इजालाशमा रहेका कागजपत्र खोतलेर छरेको पाइएको छ । सो कोठामा मुद्दाका ५ सयवटा फाइल थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारीले सबै कागजपत्र सुरक्षित पाइएको तर व्यक्ति कुन उद्देश्यले इजलाश छि¥यो भन्ने नखुलेको बताए ।
‘चोरी भएको होइन । राति कोही अपरिचित व्यक्ति प्रवेश गरेको हो । चोरी हुदाँ केही सामानहरु लिएर गएको हुनुपर्छ चोरी भएको भन्न मिल्दैन’, उनले भने,‘गैरकानूनी हिसाबले कोहि प्रवेश ग¥यो । मनासाय के थियो भन्ने विषयमा अनुसन्धान हुँदैछ ।’ अचम्म कस्तो भने, जिल्ला अदालत र वैदाम प्रहरी चौकी आमनेसामने छन् । वैदाममा डिएसपी चिनिमाया लामाको कमाण्डमा प्रहरी खटिन्छ तर अगाडि रहेको प्रहरीले पनि घटनाबारे कुनै थाहा पाएन । अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले इजलाशमा पसेको व्यक्तिले मिसिलबाट महत्वपूर्ण कागजपत्र चोरेको हुनसक्ने आशंका व्यक्त गरे । अदालतमा धनसम्पत्ति चोर्ने व्यक्ति नपसेको तर्क गर्दै उनले सीसीटिभी फुटेज पनि प्रहरीलाई बुझाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->