आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुन्छ : देउवा

स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुन्छ : देउवा


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७८, शुक्रबार
तस्वीर : चापाकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधामन्त्री शेरबहादुर देउवा ।

स्याङ्जा/ प्रधामन्त्री शेरबहादुर देउवाले विपक्षीहरु विभिन्न बहानामा निर्वाचन पछाडि धकेल्ने दौडमा लागेको जिकिर गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले सरकारमाथि निर्वाचन टार्न खोजिरहेको आरोप लगाइरहँदा प्रधानमन्त्री देउवाले उल्टै विपक्षीहरु नै निर्वाचनको पक्षमा नभएको बताएका हुन । प्रधानमन्त्री देउवा बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै थिए । उनले गठबन्धन सरकारले निर्वाचनको तयारी तीव्र रुपमा अगाडी बढाएको बताएका हुन् । उनले सरकारले निश्पक्ष निर्वाचन गराउने पनि बताए । सत्ता गठबन्धन संघीय निर्वाचनसम्मै रहने बताउँदै प्रधानमन्त्री देउवाले ठाउँ र परिस्थिति हेरेर चुनावी तालमेल गरिने पनि बताए ।

स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा चल्ने सरकार भएको बताउँदै प्रधामन्त्री देउवाले स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सीमित श्रोत साधनको प्रयोगबाट पनि चापाकोट नगरपालिकाले राम्रो काम गरेको उनको टिप्पणी थियो ।
संघीय श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले प्रतिगमनकारी परास्त गर्न पाचँ दलीय गठबन्धन आवश्यक रहेको बताए । प्रतिगमनकारी अहिले विभिन्न बहानामा सल्बलाएकोले प्रतिगमनकारीलाई एकचोटी राम्रोसँग पछार्नुपर्ने उनको भनाइ थियो । चापाकोट र रामपुरलाई बाँझै राख्नेगरी निर्माण हुने कालीगण्डकी डाइभर्सनलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए ।

नेपाली काग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अमेरिकी सहयोग परियोजा (एमसीसी)ले देशलाई गरिबीबाट बचाउने जिकिर गरे । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठ, कांग्रेस जिल्ला सभापति राजु थापालगायतले बोलेका थिए ।
१६ रोपनीमा रहेको नवनिर्मित प्रसासकीय भवनको ३ तलामा दुई हलसहित ३६ कोठा रहेको नगरप्रमुख शिवकुमारी गिरीले बताइन् । २०७२ सालमा निर्माण शुरु भएको भवन पाँच करोड ५० लाखको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->