बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चुनावी माहौल तताउन चैत २६ मा पर्वत आउँदै ओली

चुनावी माहौल तताउन चैत २६ मा पर्वत आउँदै ओली


  • Dhorpatan News
  • चैत्र १४ २०७८, सोमबार

पर्वत\नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही चैत २६ गते पर्वत आउने भएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा बढीरहेको चुनावी सरगर्मीको बिचमा चुनावी माहौललाई बल दिने गरी ओली पर्वत आउने कार्यक्रम तय भएको नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पर्वतकी इन्चार्ज कल्पना चापागाईँले बताइन् ।
विभिन्न राजनीतिक दलहरू परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई पार्टी प्रवेश गराउने तथा चुनाव लक्षित सम्बोधनका लागि ओली पर्वत आउन लागेको चापागाईँको भनाई छ । ‘चुनाव लागिसकेको छ । यो बेलामा उहाँ पर्वत आउँदा यहाँको राजनीतिक माहौल अझै राम्रो बन्छ भनेर आमन्त्रण गरेका हौँ,’ उनले भनिन्, ‘ओलीजीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्न चहानेहरुको पनि भिड देखेका छौँ । यही कारण पनि उहाँलाई बोलाएका हौँ ।’
बृहत आमसभामा एमालेका पाँच ओटा भन्दा बढी जनवर्गीय सङ्गठनहरूको एकै ठाउँमा सम्मेलन हुने र आमसभामा कम्तीमा पनि २० हजार कार्यकर्ताहरू उतार्ने तयारी रहेको इन्चार्ज चापागाईँको भनाई छ । त्यसको तयारीको लागि जनसभा परिचालन समितिको मूल व्यवस्थापन समिति र उपसमितिहरू आइतबार निर्माण गरिएको र उपसमितिहरूले स्थानीय तहमा पुगेर वडा तहसम्मकै कमिटीहरू निर्माण गरेर धेरै कार्यकर्ता कुश्मामा उतार्ने काम गर्ने एमाले पर्वतले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->