बागलुङ/ जवरजस्ती बलात्कार प्रयास गरेको आरोपमा बागलुङ बजारमा आयुर्वेदीक औषधिको कारोवार गर्ने एक पुरुष पक्राउ परेका छन् । बागलुङ बजारको अदालत रोडमा रहेको विजया आयुर्वेद फर्मा संचालक रमाकान्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । फर्मामा उपचारका लागि आएकी एक महिलालाई सापकोटाले अनावश्यक जाँच गर्ने बहानामा बतात्कार प्रयास गरेको प्रहरीको आरोप छ ।
रक्तचाप परिक्षणको लागि फर्मामा आएकी महिलालाई उपचारको वहानमा यौनजन्य दुरव्यवहार गरेको भन्दै महिलाले उजुरी गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । सोमवार साँझ पक्राउ परेका सापकोटालाई पीडित महिलाको जाहेरीका आधारमा मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । सापकोटाले यस अघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुव्र्यवहार गर्ने गरेको पाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको हवारीले बताए ।





