शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बेनीमा सवारी साधनमा आग्जनी

बेनीमा सवारी साधनमा आग्जनी


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७८, बिहिबार
सडकमा पार्किङ गरिएको सवारीसाधनमा आगजनी । तस्वीर : ढोरपाटन

बेनी /म्याग्दीको बेनी नगरपालिका–६, डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी भएको हो ।विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । ‘दुई सवारी साधनमा आगो लगाइएको अवस्थामा भेटिएको छ,‘अनुसन्धानकै क्रममा छौ’ भारतीले भने ।

आगलागी भइरहेको अवस्थामा स्थानीयले खवर गरेपछि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङको नेतृत्वमा टोली पुगेको थियो । सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन् ।बुधबार बेलुका करिव ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्कीएर सामान्य दुर्घटना भएपछि विहिबार छलफल गरेर सवारीसाधन लैजाने गरी दुवै सवारी साधनलाई डम्मरामानै पार्किङ गरिएको थियो । प्रहरीले सवारीसाधनका धनी, चालक बिचको विवादले आगजनी भएको वा सोही मौका छोपी कोहीले लगाएको भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

विहान दुबै सवारीसाधनमा आगलागी भएपछि घटना रहस्यमय भएको स्थानीयले बताएका छन् । सवारीसाधनको स्टेरिङमा समस्या रहेकाले पार्किङमै राखिएको थियो । जिल्लाभित्र सडकखण्डमा राखिएको सवारीसाधनमा यसअगाडी समेत पटकपटक आगजनी हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->