आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेकपा (एस)का जिल्लाकमिटि सदस्य एमालेमा प्रबेश

नेकपा (एस)का जिल्लाकमिटि सदस्य एमालेमा प्रबेश


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७८, बिहिबार

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङका जिल्ला कमिटि सदस्य इन्द्र थापा नेकपा (एमाले)मै सक्रियहुने घोषणा गरेका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपुर्व नेकपा (एमाले)को जिल्ला सदस्य तथा एकतापछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जैमिनी नगरकमिटिका अध्यक्ष समेत रहेका थापा पार्टी विभाजनमा पनि नेकपा (एस)मा सक्रिय थिए ।

थापाले बिहीबार एक अपिल प्रकाशित गर्दै नेपालको स्वाधिनता रक्षाकालागि अग्रसर राष्ट्रवादी पार्टी नेकपा (एमाले) रहेकाले एमाले भन्दाबाहिर रहनु देश र जनताका लागि धोकादिनु सरह रहेकाले सबैलाई एमालेमा समाहित हुनआग्रह समेत गरेका छन् ।
अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनपछि प्राविधिक कारणवश आफू नेकपा (एमाले) भन्दाबाहिर रहनुपर्ने अवस्था आएकाले आफूजस्तै एमाले भन्दाबाहिर रहने हरुलाई एमालेमै फर्केर राष्ट्रिय स्वाधिनता रक्षाकालागि अग्रसर हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->