बागलुङ/बडिगाड गाउँपालिकाको १० वटै वडामा किशोरी सुरक्षा कार्यक्रम संचालन भएको छ । शारिरीक तथा यौनजन्य हिंसाविरुद्ध लड्न सक्ने बनाउन किशोरी शिक्षा दिइएको हो ।
१० वटा वडाभित्रका २३ वा माध्यामिक तहका विद्यालयमा अध्ययनरत किशोरीलाई आत्मरक्षाका लागि तालिमसमेत दिइएको हो । बडिगाड महिला तथा बालबालिका सशक्तीकरण केन्द्रको आयोजनामा संचालित अभियानमा कराँते प्रशिक्षक राजन पाइजाले तालिम दिएका छन् । यसरी दिने तालिमले किशोरीहरुले आफ्नो रक्षा गर्न सक्ने केन्द्रकी अध्यक्ष माया थापाले बताइन् ।
अन्तराष्ट्रिय महिला दिवशको अवसरमा शुरु भएको अभियानलाई सबै विद्यालय तहसम्म पु¥याइएको पाइजाले बताए । महिला हिंसाविरुद्धको अभियानमा यो कार्यक्रम प्रभावकारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । सशक्तीकरण र चेतना विकासका लागि अन्य कार्यक्रम पनि संचालन गरिने योजना उनले सुनाए ।
गाउँपालिकाको सहयोगमा केन्द्रले महिलालाई उद्यमशिलता बनाउन व्यवसायिक तालिम, किशोरी हिंसा न्युनिकरण कार्यक्रम लगायतका काम समेत भएको थापाले बताइन् ।





