शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चैते दसैंसम्म बेनी–जोमसोम बाटो खुल्ने

चैते दसैंसम्म बेनी–जोमसोम बाटो खुल्ने

चाडपर्वसँगै मुस्ताङ जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि दैनिक पाँच घण्टा बन्द हुने सडक ३ दिनका लागि स्थगित गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७८, शुक्रबार

बेनी / आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपछि राष्ट्रिय गौरवको आयोजनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा केहीदिनका लागि सडक नियमित सञ्चालन हुने भएको छ । चाडपर्वसँगै मुस्ताङ जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि दैनिक पाँच घण्टा बन्द हुने सडक ३दिनका लागि स्थगित गरिएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । बुधबार मात्रै मुस्ताङको सीमाना घाँसबाट ४ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् ।

करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम समेत रोकिएको छ । चैतेदसैं नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ।

केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गर्न जानेको म्याग्दी सदरमुकाम बेनीमा सवारी साधनको बाक्लो लाइन देखिन्छ। गत फागुन २३ देखि सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको थियो ।

कालीगण्डकी करिडोरको सो सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको स्तरोन्नति गर्न समयतालिका लागू गरिएको अवस्थामा यात्रुको भिडभाडले समस्या भएपछि सहज हुने गरी काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

‘चैतेदशैंसम्म हामीले स्थगित गरेका छौं । अन्य काम हुन्छ, अब विष्फोटको काम समेत अन्तिम चरणमा छ,’ प्रजापतिले भने । १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ । आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->