आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

चुनावी गठबन्धन पेचिलो छ : कांग्रेस नेता कोइराला

चुनावी गठबन्धन पेचिलो छ : कांग्रेस नेता कोइराला


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७८, आइतबार

पोखरा/ कांग्रेस नेता डा. शेखर कोइरालाले के नेपाली कांग्रेसलाई ५८५ स्थानीय तह दिन प्रचण्ड तयार छन ? भन्ने प्रश्न राखेका छन । स्थानीय तहमा चुनावी गठबन्धनबारे माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावप्रति असहमति जनाउँदै कोइरालाले उक्त प्रश्न सोधेका हुन ।

शनिबार प्रजातान्त्रिक विचार समाज कास्कीको अधिवेशन उद्घाटनमा आएका उनले विचारै नमिल्ने पार्टीसँगको गठबन्धन कार्यान्वयन अत्यन्त पेचिलो रहेको बताए ।
गठबन्धन भइहालेतापनि कांग्रेसका कार्यकर्ताले रुखबाहेक अन्यत्र मत नहाल्नेतर्फ उनको संकेत थियो ।अर्कातर्फ प्रचण्डले भरतपुरलाई मात्रै हेरेर उक्त प्रस्ताव ल्याएको कोइरालाको आरोप छ । ‘मैले सुनेको प्रचण्डजीले अस्ति सभापति शेरबहादुरजीसँग एउटा प्रस्ताव ल्याउनुभयो रे । जुनजुन पार्टीले जुनजुनठाउँमा जितेको छ, त्यो ठाउँमा त्यै पार्टीको नेतृत्व हुने भनेर’, उनले भने, ‘उहाँले भरतपुरका लागि सोचेर भन्नुभयो होला तर, कति चाँडै बिर्सिनुभयो भने, दोस्रो पार्टी र पहिलो पार्टी जोड्यो भने ७ सय ५३ मा ५ सय ८५ वटा सिट नेपाली कांग्रेसका अध्यक्ष–उपाध्यक्ष या मेयर–उपमेयरहरु छन ।

त्यो दिन तयार हुनुहुन्छ उहाँ ? खालि भरतपुरलाई मात्रै ध्यान दिएर उहाँले भन्दिनुभयो । त्यो गर्न सक्नुहुन्छ ? हिम्मत छ उहाँमा ?’नयाँ थपिएका मतदातालाई कांग्रेसले रुखबाहेक अन्यत्र मत हाल भनेर भन्न नमिल्ने उनले बताए ।संविधान मिचिँदा बनेको गठबन्धन चुनावमा पनि मिलेर जानुपर्छ भन्ने कुरा तार्किक नभएको उनको जिकिर छ ।‘केन्द्रीय समितिमा छलफल गरेर निर्णय गरेका छौँ । यो कार्यान्वयन कसरी हुन्छ निकै चुनौतीपूर्ण छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जान अत्यन्तै गाह्रो छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->