शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भूमि आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

भूमि आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

बेनी / भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका७,मंगलाघाटका देवेन्द्र विश्वकर्मा नियुक्त भएका छन् । संघीय समाजवादी म्याग्दीका अध्यक्षसमेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्ष विश्वकर्मालाई नियुक्ति पत्र दिएको हो ।

जिल्ला समितिको अध्यक्षबाहेक विज्ञ र सदस्य चयन हुन बाँकी छ ।अध्यक्ष विश्वकर्माले अन्य सदस्य थप भएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण सहितका कामका बारेमा आवश्यक जानकारी लिने बताए ।
सत्ता गठबन्धनको राजनीतिक नियुक्तीमा प्रदेश सरकारबाट बेनी अस्पतालको अध्यक्ष माओवादी केन्द्र र भूमि आयोगमा संघीय समाजवादीलाई परेको छ । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने राजनीतिक नियुक्तिमा हालसम्मसदस्य पद पाएको छ । राजनीतिक नियुक्तिमा भूमि आयोगलाई निकै महत्व र अर्थपूर्ण तरिकाले हेर्ने गरिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->