आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी प्रदेश सभामा ३ विधेयक पेश

गण्डकी प्रदेश सभामा ३ विधेयक पेश


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

पोखरा/ गण्डकी प्रदेश सभाको सोमबार बसेको बैठकमा विधायन समितिले दफावार छलफल पश्चात ३ वटा विधेयक पेश गरेको छ । गत बर्षदेखि विधायन समितिमा अड्किएको प्रदेश आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार पेश भएको हो । विज्ञहरुसँग छलफल र परामर्शका आधारमा विधायन समितिले सर्वसम्मत निर्णय गरेर विधेयक पेश गरेको विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

गण्डकी प्रदेश तथा स्थानीय तह विच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक पनि संसदमा पेश भएको छ । विधायन समितिले दफावार छलफल पश्चात उक्त विधेयक प्रतिवेदनसहित संसदमा पेश गरिएको हो । सोमबार बसेको बैठकमा सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पेश गरिएको छ ।

सम्बन्धित क्षेत्रका विज्ञको राय र परामर्श लिएर तीनवटै विधेयक प्रतिवेदनसहित संसदमा पेश भएको हो । आउँदो संसद बैठकमा तीनवटै विधेयक पारित गर्ने तयारी सत्तारुढ गठबन्धनले गरेको छ ।
सोमबार बसेको प्रदेश सभाको विशेष समयमा बोल्दै सांसदहरुले जथाभावी बजेट विनियोजन गरेको भन्दै सरकारको आलोचना गरेका छन् । विशेष समयमा बोलेका प्रमुख प्रतिपक्षी एमाले सांसद रामशरण बस्नेत, मनबहादुर गुरुङ र सत्तारुढ जसपा सांसद धनमाया लामा पोखरेलले सरकारको आलोचना गरेका हुन् ।

सरकारले क्रमागत रुपमा राखेका योजनामा बजेट अभाव भएको तर मन्त्रीले आप्mनो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->