पोखरा/ गण्डकी मन्त्रिपरिषद्को बैठकले भानु जयन्तीमा सार्वजनिक बिदा दिने भएको छ । चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भानु जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । साथै, प्रदेशले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैंमा पनि स्थानीय बिदा दिने निर्णय गरेको छ ।





