आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेमा वडाध्यक्षका आकांक्षी : कतै सर्वसम्मत कतै तीनभन्दा बढी सिफारीस

एमालेमा वडाध्यक्षका आकांक्षी : कतै सर्वसम्मत कतै तीनभन्दा बढी सिफारीस


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

बागलुङ/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट वडाध्यक्ष र वडा सदस्यमा उमेदवार बन्नको लागि नेकपा एमालेले वडा कमिटिहरुले उमेद्वार सिफारिस गरेका छन् ।
बिहिबार जिल्लाका अधिकांश वडा कमिटीको बैठकले उमेदवारका आकांक्षीहरुको नाम जिल्ला कमिटिलाई सिफारिस गरेका हुन् । जिल्लाको ढोरपाटन नगरपालिकामा भने बिहिबार वडा कमिटीहरुको बैठक हुन सकेन् । नगर अध्यक्ष ऋतुबर्ण पौडेलको केही समयअघि भएको मृत्यु लगायतका प्राबिधिक कारणले नगरभरी बैठक हुन नसकेको एमालेले जनाएको छ ।

अन्य पालिकामा वडा अध्यक्ष र वडा सदस्यको आकांक्षीहरुमा बहालवालादेखि केही नयाँ अनुहार देखिएका छन् । केही वडामा बिहिबारबाट प्रारम्भ भएको छलफल लम्बिएको प्रचार विभाग प्रमुख चन्द्र गणेशले बताए ।
जिल्लाका अधिकांश वडाले आकांक्षीको संख्या धेरै भएकाले तीन जनाभन्दा बढीको नाम जिल्ला कमिटिमा सिफारिस गरेर पठाएका छन् । सकेसम्म सर्वसम्मत एक जना र नभए बढीमा तीन जनाको नाम पठाउन जिल्ला कमिटिले निर्देशन दिएको थियो । आकांक्षी धेरै भएका र सहमति हुन नसकेका वडाले तीन जनाभन्दा धेरैको नाम जिल्लामा पठाएका हुन् ।

जिल्लाको काठेखोला गाउँपालिका दुई वडा र बडिगाड गाउँपालिकाको एउटा वडामा सर्वसम्मत एक जनाको मात्रै नाम सिफारीस भएको छ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा बहालवाला वडाध्यक्ष विद्यापती शर्मा नै पुनः एमालेको उमेद्वार बन्ने भएका छन् । त्यस्तै काठेखोला गाउँपालिका–५ बिहुँबाट हेमबहादुर खत्रीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

बडिगाड गाउँपालिका–४ बाट प्रेम गलामीको नाम सर्वसम्मत सिफारिस भएको जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिए । यो समाचार तयार पार्दासम्म धेरै वडाले आकांक्षीको नामावली टुंगो लगाएको भएपनि नामावलीको आधिकारीक विवरण जिल्ला कमिटिसम्म आईपुगेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->