शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारमा म्याद गुज्रेका सामग्री

पुतलीबजारमा म्याद गुज्रेका सामग्री


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालयले सदरमुकाम पुतलीबजार भित्रका २३ पसलहरु अनुगमन गरेको छ । म्याद गुज्रेका सामाग्रीहरुको बिक्रि वितरण गरेको जनगुनासो आएपछि प्रशासनले जिल्ला सदरमुकाम पुतलीबजारमा अनुगमन गरेको हो । अनुगमनबाट प्रशासनले म्याद गुजे्रका दैनिक उपभोग्य सामाग्री बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले बताइन् ।

प्रशासनले उपभोक्ता हित मञ्च, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी लगायतको सहभागितामा पसलहरु अनुगमन गरेको हो । यहाँका मासु पसल, फलफुल पसल र खाद्यान्नका पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका सामाग्रीहरु बरादम गरी नष्ट गरिएको रेग्मीले जानकारी दिइन् ।

पहिलो प्रथामिकता नागरिकको स्वास्थ्यसँग जोडिएकाले कृषि, पशु र खाद्यान्नमा अनुगमन गरेको बताउँदै रेग्मीले भनिन्, ‘अब दायरा बढाउँदै अन्य पसलहरुमा पनि अनुगमन गर्ने छौं ।’
अनुगमन गरिएपनि प्रशासनले कारवाही भने अहिले सम्म कसैलाई गरेको छैन भने सुझाव दिने कामले मात्र बजारमा उपभोग्य बस्तुमाथी व्यवसायीको मनोमानी कम नभएको स्थानीयको गुनासो छ । दैनिक अनुगमन र नियन्त्रण गर्ने अधिकार पाएको स्थानीय पालिकाहरु भने बेखबर जस्तै बनेका छन् ।

स्थानीय निकायले बजार अनुगमन गरी उपभोक्ताहरुलाई स्वास्थ्य सामाग्री र चर्को मुल्य असुलीबाट बचाउनु आवश्यक देखिएको उपभोक्ता हित मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले बताउनुभयो । व्यवसायीक र उपभोक्त विच सचेतना कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको बताउदै मरासिनीले जनताको नजिकको सरकार भनेको स्थानीय निकाय लाग्नु पर्ने बताए । स्थानीय निकायनै उपभोक्तामुखी नभएको देखिँदा नागरिकको स्वास्थ्यमा खेलवाड भएको मरासिनीको भनाइ थियो ।

प्रशासनको भूमिका राम्रो भएपनि ऐनले स्थानीय सरकारलाई बजार अनुगमनको अधिकार दिएको छ । यहाँ बजारमा पेय पदार्थ, विस्कुट, चाउचाउ लगायतका दैनिक उपभोग्य हुने बस्तुहरुको म्याद गुज्रेका भेटिएका छन् भने उपभोक्ता नै चनाखो हुनुपर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->