आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस गण्डकीको संसदीय समिति

कांग्रेस गण्डकीको संसदीय समिति


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

पोखरा/ नेपाली कांग्रेस गण्डकीले ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेको छ । गठित संसदीय समितिमा अर्जुन जोशी पर्वत, माधव बास्तोला कास्की, मीना केसी पर्वत, पूर्णबहादुर दाहाल गोरखा, द्रोण वन सन्यासी नवलपुर, इन्द्रप्रसाद पौडेलबागलुङ र खुमबहादुर गुरुङ स्याङ्जा रहेका छन् ।

संसदीय समितिमा ९ जना हुने भए पनि २ जनाको स्थान खाली राखिएको छ । पदाधिकारीहरु संसदीय बोर्डको पदेन सदस्य रहने छन् । बैठकले उपसभापति कल्पना तिवारीलाई प्रशिक्षण विभागको प्रमुख तोक्ने निर्णय गरेको छ । यसैगरी बैठकले आसन्न निर्वाचनका लागि प्रचार प्रसार अभियानलाई तीव्र बनाउन महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । अर्का महामन्त्री विष्णु लामिछानेको संयोजकत्वमा नीति निर्माण तथा घोषणापत्र तयार गरी प्रदेश समिति समक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी अनुशासन समितिको संयोजकमा तनहुँका शान्तिरमण वाग्ले र सदस्यमा स्याङ्जाका ध्रुव पगेनीलाई जिम्मेवारी दिइएको छ । बैठकमा ३६ वटा निर्वाचन क्षनेत्रमा खटाइएका प्रदेशका प्रतिनिधिहरुले क्षेत्रगत रुपमा प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->