पोखरा/ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदको चौथो अधिवेशनले फूलकुमारी थापामगरको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा मिनमाया तामाङ, सचिवमा शान्ति उदास, सहसचिवमा सुमित्रा दुरा, कोषाध्यक्षमा विष्णु ह्योल्मो र सदस्यहरुमा बसन्ती कुमाल, रमा राई, सुमन्द्र भुजेल, प्रेमकुमारी गुरुङ, सावित्री छन्त्याल चयन भएका छन् । कार्यसमितिको निवर्तमान अध्यक्ष राजकुमारी भुजेल हुन् । यो एमाले निकट संगठन हो ।





