बागलुङ/ मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगबार बिहान रुकुमबाट बागलुङतर्फ आउँदै गरेको रा१त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ बर्षिय चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । सोहीस्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।





