बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हिमाल कलेजको ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

हिमाल कलेजको ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टमा ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कलेजको अतिरिक्त कार्यक्रम अन्र्तगत विद्यार्थीको प्रतिभा प्रस्फुटन साथै विभिन्न समयमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो ।

पोखराको ख्यातिप्राप्त म्यानेजमेन्ट कलेज हिमाल कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक शैलीबाट अध्यापन साथै प्रतिभा प्रस्फुटनका कार्यक्रम आयोजना मासिक तथा वार्षीक रुपमा आयोजना गर्दै आएको छ ।

कलेजका प्रमुख हरि कार्कीका अनुसार विभिन्न समयमा आयोजना गरिएका कार्यक्रममा उत्कृष्ट प्रस्तुती दिने विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि कार्कीसहित जनक पौडेल, मणी डुम्रे, लीला पुराजुली, चेतनाथ भण्डारी, बिनोद गिरी, सुदन मुल्मीले विद्यार्थीहरुलाई प्रोत्साहीत गर्दै आफ्नो भनाई राखेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->