आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखराकी उपप्रमुख गुरुङ भन्छिन्ः प्रमुखमा अटाइएन !

पोखराकी उपप्रमुख गुरुङ भन्छिन्ः प्रमुखमा अटाइएन !


  • ढोरपाटन संबाददाता
  • बैशाख २ २०७९, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका १२ जनाले आन्तरिक उम्मेदवारी दिएका छन् । मंगलबार नगर कमिटीले आह्वान गरेको मेयर पदका लागि २ जना प्रदेश सांसदसहित १२ जनाले आन्तरिक आवेदन दिए ।

पोखरा महागरको प्रमुखमा उपप्रमुख मञ्जुदेवी गुरुङलाई प्रमुख दाबेदारका रुपमा हेरिएको थियो । पार्टी केन्द्रीय सदस्य, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहेकी उनीसँग उपप्रमुखका रुपमा ५ वर्षे अनुभव संगालेका कारण पनि उनले पनि महानगर प्रमुख दाबेदारका रुपमा हेरिएको थियो ।

उपप्रमुख गुरुङ मेयर पदका लागि खुलस्त नबोले पनि घुमाउरो रुपमा ‘पार्टीकै निर्णय मान्ने, जहाँ खटाउँछ, त्यहीं जाने’ बताउँदै आएकी थिइन् । एमाले स्रोतकै अनुसार पार्टीबाट महिला उम्मेदवार उठाउने भएमा उनीसहित अर्की आकांक्षी मीना गुरुङलाई प्राथमिकतामा राखिने बताउँदै आएको थियो ।

मञ्जु राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी हुन् भने केन्द्रीय सदस्यसमेत रहेकी मीना गुरुङ उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङकी सम्धिनी हुन् । फागुन २७ मामात्रै उपप्रमुख गुरुङले राष्ट्रपति भण्डारीकै उपस्थितिमा राष्ट्रिय सम्मेलन गरेकी थिइन् भने यसबीचमा पटकपटक केन्द्रीय नेतृत्वसँग भेटघाटका लागि काठमाडौं पनि पुगेकी थिइन् ।

तर, मंगलबार नगर कमिटीले टिपोट गरेको निवेदनमा उपप्रमुख मञ्जुदेवी गुरुङ अटाइनन् । मेयर पदमा आवेदन दिएकामध्ये २ जना महिला नेतृ छन् । तर, चर्चामा रहेकी बहालवाला उपप्रमुखले मेयर र उपमेयर दुवै पदमा आवेदन नदिएपछि पुनः चर्चामा छिन् । अन्तिम अवस्थामा आएर किन मेयर दौडबाट पछि हट्नुप¥यो ? गुरुङको छोटो जवाफ छ, ‘अटाइएन नि !’

मेयर पदकै लागि १३ जनाले आन्तरिक आवेदन दिएपछि आफू पछि हटेको गुरुङको प्रतिक्रिया छ । ‘उसै पनि १२ जनाले आकांक्षा देखाउनु भएको छ । मलाई १३ औं नम्बरमा पर्न मन भएन,’ उनले भनिन् ।

मेयर पदमा आफू जान नपाए पनि ५ वर्ष उपप्रमुखका रुपमा महानगरमा सेवा गरिसकेकाले सन्तुष्ट रहेको गुरुङको भनाइ छ । ‘५ वर्ष उपप्रमुख भएर सेवा गरें । बीचमा कार्यवाहक भएर पनि चलाउने मौका मिल्यो,’ गुरुङ भन्छिन्, ‘मैले नै पाउनुपर्छ भन्ने छैन । नयाँले पनि अवसर पाउनुप¥यो भन्ने हो ।’

महानगर प्रमुख मानबहादुर जिसीलाई साउन १ गते मस्तिष्कघात भएपछि उनी अस्वस्थ छन् । मेयर जिसीले काठमाडौंमा उपचार पश्चात पोखरा फर्किएर असोज २५ गते कार्यवाहकको जिम्मा उपप्रमुख गुरुङलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->