आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सभामुखलाई निर्वाचन आयोगको स्पष्टीकरण पत्र

सभामुखलाई निर्वाचन आयोगको स्पष्टीकरण पत्र


  • ढोरपाटन संबाददाता
  • बैशाख २ २०७९, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बिहीबारको एक कार्यक्रममा चुनावी खर्च ‘ढाँटेर’ आयोगमा पेश गरेको अभिव्यक्ति दिएका थिए । सोहीबारे प्रश्न उठाउँदै आयोगले ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन पत्राचार गरेको हो ।

‘सञ्चारमाध्यममा निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च भएको निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनु भएको भन्ने समाचार प्रकाशन तथा प्रसारण भएकोमा तपाईंले त्यस्तो अभिव्यक्ति दिनु भएको हो होइन ?’ आयोगले अधिकारीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आयोगमा खर्चको विवरण बुझाउँदा यो विवरण सही होइन भनी कुनै फरक मत दर्ता गराउनुभएको थियो थिएन ?’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा मंगलबार आयोजित मानव अधिकारका विषयमा पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न सरोकारहरुको भूमिका विषयक कार्यक्रममा सभामुख अधिकारीले भनेका थिए, ‘मैले निर्वाचन आयोगमा खर्च विवरण बुझाउँदा भनेको थिएँ—मैले यो जे लेख्दै छु । त्यो एकदम ढाँट्दै छु । यो सत्य कुरा हो । तपाईंहरुले पाउनु हुँदैैन मैले जे लेखेको छु, ।’

आयोगले शुक्रबारै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि स्पष्टीकरण सोधेको छ । उनको तस्वीरसहित माओवादीले चुनाव प्रचार सामग्री बनाएपछि त्यसबारे आयोगले उनलाई सोधेको हो । अघिल्लो चुनावमा ६ करोड खर्च गरेको बताएका नेपाली कांग्रेसका डा शशांक कोइरालालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->