पोखरा/ गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अधिकार प्राप्तिका लागि संगठित भएर लाग्नु पर्ने बताएका छन् । पूर्वाञ्चल सेवा समाजको १७ औं साधारण सभा एवं दशौ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एकताबाट मात्र सफलता प्राप्त गर्न सकिने बताएका हुन् ।
मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा विभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै उपसभामुख शर्माले यस्ता संस्थाको विकासका लागि तीनै तहका सरकारको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । पूर्वाञ्चलमा जन्मभई विभिन्न पेशा र व्यवसायमार्पmत पोखरालाई कर्मभूमि बनाउँदै आएकाहरुले संस्थामा राजनीति गर्न नहुनेमा उनको जोड थियो ।





