बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शिक्षामा लगानी गरौ भविष्य निश्चित छ : काठमाडौं वल्र्ड स्कुल

शिक्षामा लगानी गरौ भविष्य निश्चित छ : काठमाडौं वल्र्ड स्कुल


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७९, आइतबार

पोखरा / काठमाडौं वल्र्ड स्कुल यतिबेला नेपालमा भ्रमणमा रहेको छ । देशका विभिन्न सहरहरुमा पुगि शिक्षामा लगानी गर्नु भविष्य निश्चित गर्नुरहेको भन्ने सुचना प्रवाह गर्न स्कुल देश दौडाहमा लागिपरेको हो ।

विद्यार्थी खोज्दै नेपालको विभिन्न सहरमा हिडेको उक्त विद्यालय पोखरा समेत आएको छ । विद्यालयको भावि योजना, गुणस्तरीय शिक्षा र विद्यालयको शैक्षिक अवस्थाको बारेमा जानकारी दिँदै शनिबार पोखरा एक कार्यक्रमको आयोजना गरेको थियो ।

देशमा अन्तराष्ट्रिय स्तरको मापदण्ड सहितको विद्यालयको रुपमा स्थापना भएको काडठमाडौं वल्र्ड स्कुल कुल ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नेपाली विद्यार्थीहरु गुणस्तरीय र उत्कृष्ट शिक्षाका लागि विदेशीनु पर्ने बाध्यतालाई मध्ये नजर गर्दै करिब ३ सय करोड रुपैयाँको लगानीमा काठमाडौंमै विद्यालयको स्थापना भएको हो ।

भक्तपुर सूर्य विनायक ७ गुन्डुमा अन्तर्राष्ट्रिय स्तरको भौतिक सुविधासहित युग सुहाउँदो शिक्षामा फड्को मारेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाक्टर मिथलेस कुमार झा ले बताए ।

२०७५ सालमा स्थापना भएको काठमाडौं वल्ड स्कुलमा कक्षा १ देखी १२ सम्म ७ सय विद्यार्थी अध्यान गर्दै आएका छन् ।
काठमाडौं वल्ड स्कुलको परिकल्पनाकार डा. खगेन्द्रप्रसाद ओझा हुन् ।

उनी एकजना प्रसिद्ध शिक्षासेवी पनि हुन् । त्यस्तै, शैक्षिक क्षेत्रमा क्रियाशील इ।मिथिलेश झाको संलग्नता छ । उनीहरुले अघि बढाएको यस सोचलाई सार्थक बनाउन चौधरी ग्रुपले साथ दिएको छ ।

प्रिन्सिपल केशरबहादुर खुलालले विद्यार्थीलाई पुस्तके ज्ञान भन्दा पनि प्रतिप्रश्न गर्ने ज्ञान दिदैँ आइरहेको बताए । कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने सम्वन्धमा नेपालमा अन्योलता रहँदै आएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->