पोखरा/ राजनीतिमा होमिएका पूर्वडिआइजी रमेश खरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्व घोटाला भएको दाबी गरेका छन् । उनले ९ अर्बमा निर्माण हुने विमानस्थलको लागत २३ अर्ब पु¥याएर लोभीपापीले बाँडेर १४ अर्ब खाएको आरोप पनि लगाए । नेपाल सुशासन पार्टी खोलेर राजनीतिमा होमिएका खरेल आइतबार पोखरामा कार्यकर्तामाझ बोल्दै थिए । मुलुकमा अहिले मानव र दानव तथा सत्य र असत्यको बिचमा लडाइँ जारी चलिरहेको बताउँदै उनल देश लुट्ने संगठित अपराधीहरुलाई मत नदिन अपील गरे ।





