आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

चुनाव गठबन्धनले जित्नुपर्छ : मन्त्री थापा

चुनाव गठबन्धनले जित्नुपर्छ : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

पोखरा/ नेकपा (माओवादी केन्द्र) का नेता तथा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू संरक्षणमन्त्री दीपक थापाले परिवर्तनलाई संस्थागत गर्न गठबन्धनमा आवद्ध दलले स्थानीय निर्वाचन जित्नुपर्ने जिकिर गरेका छन् ।
माओवादीको युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपाल गल्याङ् नगर कमिटिको भेलालाई सम्बोधन गर्दै उनले जनताले असली देशभक्त र विकासप्रेमी पार्टी तथा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने तर्क पनि गरे ।

निर्वाचन नजिकिँदै जाँदा प्रगतिशित, लोकतान्त्रिक शक्ति र प्रतिगमनकार शक्तिबिच तीव्र धु्रवीकरण भइरहेको बताउँदै उनले प्रतिगमनकारी शक्तिले पराजय नभोगेसम्म देशको अवस्थामा परिवर्तन नहुने ठोकुवा गरे ।
पार्टीका गल्याङ् नगरपालिका इन्चार्ज लोकेन्द्र तराङ् थापाले हजारौंको बलिदान र त्यागले आएको व्यवस्थालाई निकम्मा बनाएर आफू सर्वशक्तिमान हुने केपी ओलीको सपना नेपालका दलहरुले विफल तुल्याइदिएको जिकिर गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र स्थाङ्जाका अध्यक्ष प्रकाश न्यौपाने, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य कल्पना अर्याल नगर कमिटि अध्यक्ष सामना थापा लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->