आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गठबन्धनमा अंककै अड्को, एमालेले टुंग्यायो तीन पालिकाका उम्मेद्वार

गठबन्धनमा अंककै अड्को, एमालेले टुंग्यायो तीन पालिकाका उम्मेद्वार


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

बागलुङ/ आसन्न स्थानीय तहका लागि नेकपा एमालेले बागलुङका ३ पालिका प्रमुख उम्मेदवार टुंगो लगाएको छ । एमालेले जैमिनी, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकामा सर्वसम्मत उमेद्वार चयन गरेको हो । निसीखोला गाउँपालिका र गलकोट नगरपालिकामा २÷२ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

जैमिनीमा लिला राना प्रमुख र यमुना शर्मा उपप्रमुख, ताराखोलामा ऋषिराम रोका अध्यक्ष र थममाया पुन उपाध्यक्ष तथा ढोरपाटनमा देव कुमार नेपाली प्रमुखको उमेद्वार सर्वसम्मत भएका हुन् ।
जैमिनीका राना बहालवाला उपप्रमुख र ढोरपाटनका नेपाली बहालवाला प्रमुख हुन् । निसीखोलामा भूमिराज घर्ती र रुद्र पौडेलको नाम अध्यक्षको उम्मेद्वारका लागि सिफारिस भएको छ । उपाध्यक्षका लागि रुपा पौडेल सर्वसम्मत चयन भएकी छन् । गलकोट नगरपालिकामा पूर्ण काउचा र कुल बहादुर केसी नगरप्रमुखको आकांक्षी हुन् । गलकोटको उप–प्रमुखमा आकांक्षीको संख्या धेरै भएकाले छलफल चलिरहेको छ ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकामा ६ जना र काठेखोला गाउँपालिकामा ४ जनाले आकांक्षा देखाएका छन् । गाउँ तथा नगर कमिटीबाटै सकेसम्म सर्वसम्मत र नसके बढीमा तीन जनाको नाम जिल्ला कमिटिमा सिफारिस गर्ने वातावरण बनाउन छलफल चलिरहेको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।
बडिगाड गाउँपालिका, तमानखोला र बरेङ गाउँपालिकामा आकांक्षी धेरै रहेकाले छलफल चलिरहेको छ । ‘एक दुई दिनमा हामी सबै टुंगोमा पु¥याउँछौं, सघन छलफल चलिरहेको छ, केन्द्रीय तहका नेताहर पालिकाहरुमा छलफलमा सहभागी हुनुहुन्छ,’ केसीले भने, ‘वडाका उमेद्वार टुंगो लाग्ने चरणमा छन्, पालिका टुंगो लगाएर चुनावी अभियान सुरु हुन्छ ।’

गठबन्धनमा अंकको सकस !

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा सहभागी रहेको सत्ता गठबन्धनमा आइतबार रातिसम्म भागबण्डामा सहमति जुट्न सकेको छैन । जिल्लाका दश स्थानीय तहमध्ये कसले कति पाउने भन्नेमै सहमति हुन नसकेको गठबन्धन बैठकमा सहभागी एक नेताले बताए ।
गठबन्धनमा केन्द्रले बनाएको मापदण्ड र पालिकामा पार्टीहरुको अवस्था फरक रहेका कारण उमेद्वारको टुंगो लाग्न नसकेको हो । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी रहेका पालिकाहरुमा तीनवटै दलको आआफ्नै दाबी छ ।

अघिल्लो स्थानीय तहको निर्वाचन जितेको नेपाली कांग्रेसले जिल्लाको जैमिनी नगरपालिका कुनै पनि हालतमा नछोड्ने अडानमा छ । ‘प्राविधिक कारणले अघिल्लो निर्वाचन हारेको’ बताउँदै आएको जनमोर्चाले जैमिनी आफूले पाउनुपर्ने माग राख्दै आएको छ ।

जैमिनी नगरपालिकामा कांग्रेस र राजमो मुख्य प्रतिस्पर्धी भएकाले दुवैको दावी हुँदा गठबन्धनमा छलफल अधि बढेको छैन । अंक टुंगो लगाउँदा नै राजमोले अहिले जितेका बढाउने र कांग्रेसले जितेको पालिका फुस्किने त्रास कायम रहँदा समस्या भएको ती नेताले बताए ।

अघिल्लो निर्वाचन कांग्रेसले जितेको गलकोटमा माओवादी केन्द्र र कांग्रेसको रस्साकसी चलेको छ । दुवै पार्टी गलकोट आफ्नै पोल्टामा पार्ने दाउमा छन् । ‘गठबन्धनको बैठक बसिरहेको छ, केन्द्रले बनाएको मापदण्डको बुँदा नं. १ एकीकृत समाजवादीले समात्ने र बुँदा नं. २ कांग्रेसले समातेर बस्दा निश्कर्ष आइहेको छैन्,’ बैठकमा सहभागी एक नेताले भने ‘यस्तै अवस्था रहे केन्द्रले हस्तक्षेप गर्छ, कि गठबन्धन टुंगोमा पुग्दैन ।’
ढोरपाटन नगरपालिकामा कांग्रेस, माओवादी र राजमो तीनवटै दलको आआफ्नै दाबी छ । यसअघि कांग्रेसले जितेका दुई पालिकामा दोस्रो भएका दलको दाबी र एमालेले जितेका पालिकाम एकीकृत समाजवादीको दाबीका कारण गबन्धन निश्कर्षमा पुग्न नसकेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेले ४÷४, राजमोले एक र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->