आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठेखोलामा प्रतिबद्धता सार्वजनिक गर्दै एमालेले गर्यो जेष्ठनागरीकलाई सम्मान

काठेखोलामा प्रतिबद्धता सार्वजनिक गर्दै एमालेले गर्यो जेष्ठनागरीकलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७९, शुक्रबार

बागलुङ/ नेकपा एमाले काठेखोला गाउँ कमिटीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रमबीच जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा जेष्ठ नागरीकलाई सम्मान गरिएको हो ।
आठ जना कम्युनिष्ट आन्दोलनमा आफ्नो जीवन खर्च गरेका योद्धा जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको गाउँ कमिटिका सचिव विद्यापती शर्माले बताए ।
काठेखोलाको समृद्धि र विकासको खाका सहितको प्रतिबद्धता पत्र एमालेले सार्वजनिक गरेको छ । पूर्वाधार, सामाजिक बिकास, आर्थिक क्षेत्रमा सुधार र रोजगारी सिर्जना तथा प्रबिधिमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपाली, डा. सूर्य पाठक, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्यहरु हरिनारायण गौतम, राम बहादुर जिसी, डिल्लिराज गौतम लगायतले बोलेका थिए । गाउँ कमिटिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, सचिव बिद्यापति शर्माको सञ्चालन र तीलक खड्काको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->